लगानी खबर, काठमाडौँ - मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ । कम्पनीले १७ लाख ५९ हजार ६ सय २१ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य एक सय रूपैयाँ बिक्री गर्ने भएकाे हाे ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले पुस १७ गतेबाट माघ २ गतेसम्म शिलबन्दी बाेलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।
त्यसैगरी, उक्त शेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ । लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारा, काठमाडौं, मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, राजविराज सप्तरी तथा सिभिल बैंक लिमिटेडकाे बिराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौँडा, नारायणघाट र घोराही शाखाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।