Like us!
Follow us!

आरएसडीसी र आशा लघुवित्तको शेयरमूल्य समायोजन, कतिमा खुल्नेछ कारोबार ?

आरएसडीसी र आशा लघुवित्तको शेयरमूल्य समायोजन, कतिमा खुल्नेछ कारोबार ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । 

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ९ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५८१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ६३३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

5fe590ed09fd2.jpg

त्यसैगरी, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ८७० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य समायोजन गरेको हो ।

5fe590f4047d3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।