लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीकाे ४.७५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता २०७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीकाे १२औँ, १३औँ र १४औँ वार्षिक साधारण सभा पाैष २२ गते बुधबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, नक्सालबाट जुममार्फत सञ्चालन गरिनेछ । सभामा कम्पनीको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।