लगानी खबर, काठमाडौँ - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (पाैष १० गते, शुक्रबार) निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडकाे कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा सम्पन्न भएकाे छ ।
गोलाप्रथाका माध्यमबाट गरिएकाे बाँडफाँडमा ५ लाख ४० हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी ५ लाख ९ हजार ४७ जना आवेदककाे हात खाली भएकाे छ । कम्पनीकाे आइपीओमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएकामा २ हजार १ सय ६९ जना आवेदकको आवेदन रद्ध भएको छ ।
कम्पनीले मंसिर २९ गते, साेमबारदेखि पाैष २ गते बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।