Like us!
Follow us!

नेप्सेमा ३ वटा वाणिज्य बैंकको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्सेमा ३ वटा वाणिज्य बैंकको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

प्रभु बैंक लिमिटेडकाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३४१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

5fe572323e413.jpg

यसैगरी,  एभरेष्ट बैंक लिमिटेडको ५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६८१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७१५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

5fe5723841d58.jpg

त्यस्तै, नेपाल बंगलादेश बैंक लिमिटेडकाे ६ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २५० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २६५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

5fe5723ebc604.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।