लगानी खबर, काठमाडौँ - आरएमडिसी लघुवित्तकाे स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयरमा परेका बाेलपत्रहरू आज (पाैष ९ गते, बिहीबार) खाेलिने भएकाे छ । उक्त बाेलपत्रहरू दिउँसाे ३:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा खाेलिने कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।
संस्थाले ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ९ सय ५३ रूपैयाँ ३६ पैसामा मंसिर ४ गतेदेखि पाैष ८ गतेसम्म बिक्री गरेकाे थियाे ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।