Like us!
Follow us!

एचआईडिसीएलको शेयरधनीलाई छैन लाभांश : सभा कहिले ?

एचआईडिसीएलको शेयरधनीलाई छैन लाभांश : सभा कहिले ?

लगानी खबर, काठमाडौँ - हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पाैष ८ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको नवाैँ वार्षिक साधारण सभा पाैष २९ गते बुधबार, कम्पनीकाे कार्यालय, हात्तीसार, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ । यसका साथै, सभामा कम्पनीले कोरोना कोषमा वितरण गरेको ५० लाख रुपैयाँ सहयोग अनुमोदन गर्ने पनि विशेष प्रस्ताव रहेकाे छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १७ गते, शुक्रबार बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १६ गते बिहीबारसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fe432b876daf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।