Like us!
Follow us!

नेप्सेले डाक्यो साधारण सभा : ५०% लाभांश वितरण गर्ने

नेप्सेले डाक्यो साधारण सभा : ५०% लाभांश वितरण गर्ने

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको ३९औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार नेप्सेको कार्यालय यूएनआई शान्तिमार्ग, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप नेप्सेकाे चूक्ता पुँजीकाे २० प्रतिशतका दरले बाेनस र ३० प्रतिशतका दरले नगद (बाेनसमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी, सभामा नेप्सको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैगरी, नेप्सेले साधारण सभा प्रयोजनका लागि पाैष १८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fe42bf2592d2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।