Like us!
Follow us!

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं –  प्रभु बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पाैष ९ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १० गतेदेखि बैंककाे बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पाैष ९ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे पाैष १ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १९औं वार्षिक साधारण सभा पाैष २६ गते, आइतबार, बैंककाे केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे मंसिर २१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे छ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।