लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।
बैंककाे ७ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६१२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंककाे मंसिर ३० गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे ३४औं वार्षिक साधारण सभा पाैष २४ गते, शुक्रबार, एभरेष्ट हाेटेल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसाे १२:१५ बजेबाट सुरू हुनेछ ।
सभामा बैंककाे कार्तिक १३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनश शेयर र ४.८४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।