Like us!
Follow us!

आइपिओ ल्याउन लागेको मानुषी लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

आइपिओ ल्याउन लागेको मानुषी लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौँ - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाको पाैष ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दाेश्राे वार्षिक साधारण सभा पाैष २८ गते मंगलबार, हार्दिक हाेटल, बागबजार, काठमाडाैँमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ । संस्थाले ३ कराेड रुपैयाँ बराबरकाे प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका ३ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । संस्थाले साधारण शेयर (आइपिओ) को निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

त्यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fe3340f3030f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।