Like us!
Follow us!

नेपाल फाइनान्सको हकप्रद बाँडफाँड

नेपाल फाइनान्सको हकप्रद बाँडफाँड

लगानी खबर, काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले मंसिर ४ गते, बिहीबारदेखि मंसिर २४ गते बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद शेयर बाँडफाँड गरेकाे छ ।

फाइनान्सले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार हिजाे (पाैष ७ गते, मंगलबार) बाँडफाँड गरिएकाे कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ । 

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम  प्रभु क्यापिटल लिमिटेडले गरेकाे थियाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fe305cc641be.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।