Like us!
Follow us!

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

बैंककाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १४औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, बैंककाे रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडाैँमा बिहान १० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे कार्तिक ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे वितरण योग्य मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fe300e17d50f.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।