Like us!
Follow us!

नेपाल पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा : शेयरधनीलाई छैन लाभांश

नेपाल पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा : शेयरधनीलाई छैन लाभांश

लगानी खबर, काठमाडौँ - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पाँचाै वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको पाँचाै वार्षिक साधारण सभा पाैष २९ गते बुधबार कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका, २०७१ को दफा १२ अनुसार "पुनर्बीमकले आफ्नाे व्यवसाय गर्दा बचत भएकाे रकम कम्तिमा ५ वर्षसम्म मुनाफाकाे रूपमा बाँडफाँड नगरी अनिवार्य रूपमा जगेडा काेषमा राख्नु पर्ने" भन्ने नियामक व्यवस्था अनुसार आर्थिक वर्ष २०७५/७६ काे वित्तीय विवरणमा शेयरधनीहरुलाई नगद लाभांश तथा बाेनस शेयर वितरण नगरिएकाे हाे ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १६ गते बिहीबार बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fe2da22e0d05.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।