Like us!
Follow us!

साधना लघुवित्तको लाभांश परिमार्जन : घट्यो बोनस

साधना लघुवित्तको लाभांश परिमार्जन : घट्यो बोनस

लगानी खबर, काठमाडाैं - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ काे वितरण योग्य मुनाफाबाट वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएकाे छ ।

कम्पनीले यसअघि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकमा स्विकृतीकाे लागि पेश गरेकाेमा बैंककाे निर्देशन अनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्ने नयाँ लाभांश प्रस्ताव गरेको हो ।

अब संस्थाले १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० लाख ६३ हजार १ सय ७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fe2d0a9537d0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।