लगानी खबर, काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पाैष ८ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष ९ गतेदेखि पाैष २४ गतेसम्म बैंककाे बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पाैष ८ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंककाे मंसिर ३० गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे ३४औं वार्षिक साधारण सभा पाैष २४ गते, शुक्रबार, एभरेष्ट हाेटेल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसाे १२:१५ बजेबाट सुरू हुनेछ ।
सभामा बैंककाे कार्तिक १३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनश शेयर र ४.८४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।