लगानीखबर, काठमाडौँ - साताकाे तेस्रो काराेबार दिन आज (मंगलबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । मंगलबार शेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक ९५.४६ अंकले बढेर २०६१. ४१ मा पुगेकाे छ ।
नेप्से ४.८६ प्रतिशतले बढेकाे हो ।
सेन्सेटिभ परिसूचक पनि १५.१८ अंकले बढेर ३९१.७४ मा पुगेको छ ।
कूल २०५ वटा कम्पनीकाे एक कराेड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १२ वटा नै उपसमूहकाे शेयर बढेकाे छ।
आजको सबैभन्दा धेरै कारोबार भएको टप १० स्टकमा ४ वटा बैंक परेका छन्। एनआइसी एशिया बैंक, प्रभु,नेपाल, एनसिसिबी बैंक र प्राइम कमर्सेयल बैंक छन्।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।