Like us!
Follow us!

ग्लोबल आइएमई बैंकले थप्याे २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले थप्याे २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

लगानी खबर, काठमाडौँ - ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङ्गको लेखनीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४१ पुगेको छ ।

बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं. ४, राजापुर बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं. ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्ण कुमार रेग्मीले संयुक्त रूपमा गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको संस्थागत प्रतिनिधिको रूपमा पौडेल ट्रेडर्सलाई नियुक्त गरिएको छ । 

यसैगरी, बाग्लुङ्ग जिल्ला काठेखोला गाँउपालिका वडा नं. ८, लेखनीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बाग्लुङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रूपमा योगनाथ कंडेललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।  

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले उक्त स्थानहरूमा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।