लगानी खबर, काठमाडौँ - एनएमबि क्यापिटल लिमिटेडले दशाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार कम्पनीको सभाकक्ष, नागपाेखरी, काठमाडौंमा दिउँसाे ३ बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
त्यसैगरी, सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमाेजिम आर्थिक वर्ष २०७६/७७ सम्मकाे सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई २१.०५२६३१६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्न स्वीकृती प्रदान गरिनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।