Like us!
Follow us!

राष्ट्र बैंकले २१ अर्ब ३ करोडको ट्रेजरी बिक्री गर्दै, आजै बोलकबोल

राष्ट्र बैंकले २१ अर्ब ३ करोडको ट्रेजरी बिक्री गर्दै, आजै बोलकबोल

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले २१ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि १४ अर्ब ३ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र १० गते परिपक्क हुनेछ । यसैगरी, बैंकले १८२ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल पाैष ६ गते परिपक्क हुनेछ ।

त्यसैगरी, आज (पाैष ६ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भाेलि (पाैष ७ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

 ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ : 

5fe0500173505.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।