Like us!
Follow us!

सिडीएसको १५% लाभांश कहिले हुन्छ पारित ?

सिडीएसको १५% लाभांश कहिले हुन्छ पारित ?

लगानी खबर, काठमाडौँ - सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले दशाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा पाैष २७ गते साेमबार,कम्पनीकाे केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fe046421a70a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।