Like us!
Follow us!

समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

फाइनान्सकाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे १९औं वार्षिक साधारण सभा पाैष २७ गते, मंगलबार, हाेटल सामना, हेटाैँडा, मकवानपुरमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा फाइनान्सकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

यसका साथै, सभामा हाल कायम चुक्ता पुँजीको २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।

त्यसैगरी, फाइनान्सले साधारण सभा प्रयाेजनका लागि पाैष २२ गतेदेखि पाैष २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fe035f1b2a75.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।