Like us!
Follow us!

सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौँ - सनराइज बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पाैष ६ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि (पाैष ७ गते, मंगलबार) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (पाैष ६ गते, साेमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे मंसिर २५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १३औं वार्षिक साधारण सभा पाैष २४ गते, शुक्रबार आम्रपाली ब्यान्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे मंसिर ७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।