Like us!
Follow us!

सानिमा बैंकको ऋणपमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

सानिमा बैंकको ऋणपमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

लगानी खबर, काठमाडौँ -  सानिमा बैंक लिमिटेडले पाैष १ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुला गरेकाे ऋणपमा आवेदन दिने म्याद थपिएकाे छ । यसअघि हिजाे (पाैष ५ गते, आइतबार) सम्म दिन पाइने भनिएकाेमा अब पाैष १५ गतेसम्म पुर्याइएकाे छ ।

बैंकले पाैष १ गतेबाट ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

सम्पूर्ण विवरणका लागि यहाँ थिच्नुहाेस् 

बैंकले १० वर्ष अवधिकाे लागि ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंक अफ काठमाण्डूलाई कार्तिक २४ गते साेमबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएकाे थियाे । 

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेकाे छ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, सानिमा बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fe00e2f6a764.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।