Like us!
Follow us!

२५% लाभांश पारित गर्न बुटवल पावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

२५% लाभांश पारित गर्न बुटवल पावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - बुटवल पावर कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २८औं वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

सभामा कम्पनीको पाैष ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पाैष १७ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fe007467af43.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।