Like us!
Follow us!

अपि पावरको अवितरित हकप्रद आजबाट लिलामीमा, कहाँबाट दिने आवेदन ?

अपि पावरको अवितरित हकप्रद आजबाट लिलामीमा, कहाँबाट दिने आवेदन ?

लगानी खबर, काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले आज (पाैष ६ गते, साेमबार) बाट अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आज (पाैष ६ गते, साेमबार) बाट पाैष १३ गते साेमबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल काठमाडौँ तथा सिद्धार्थ बैंक लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामाेड, हेटाैँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घाेराही, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fdf0ba912384.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।