Like us!
Follow us!

राष्ट्रपतिद्वारा संसद विघटन

राष्ट्रपतिद्वारा संसद विघटन

लगानी खबर, काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनले संसद विघटन गरेकी हुन् ।प्रधानमन्त्री केपी शर्मा ओली  संसद विघटन गर्ने प्रस्ताव लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति कार्यालयले आगामी वैशाख १७ गते र २७ गते गरी दुई चरणमा मध्यवधी निर्वाचनमार्फत ताजा जनादेश लिने निर्णय गरिएको बताइएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।