Like us!
Follow us!

सोल्टी होटेलको शेयरधनीलाई छैन लाभांश : सभा कहिले ?

सोल्टी होटेलको शेयरधनीलाई छैन लाभांश : सभा कहिले ?

लगानी खबर, काठमाडौँ - सोल्टी होटेल लिमिटेडले ४६औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको ४६औं वार्षिक साधारण सभा पाैष २९ गते बुधबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, ताहाचल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १५ गते बुधबारदेखि पाैष २९ गते बुधबारसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १४गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fdf11395034b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।