Like us!
Follow us!

भर्खरै आइपिओ ल्याएको माउन्टेन इनर्जीले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

भर्खरै आइपिओ ल्याएको माउन्टेन इनर्जीले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं – माउन्टेन इनर्जी नेपाल लिमिटेडले साताैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको साताैँ वार्षिक साधारण सभा पाैष २७ गते साेमबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १७ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fdefe04bcea6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।