Like us!
Follow us!

गुडविल फाइनान्सको लाभांश घोषणा, सभा कहिले ?

गुडविल फाइनान्सको लाभांश घोषणा, सभा कहिले ?

लगानी खबर, काठमाडौं – गुडविल फाइनान्स लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

फाइनान्सकाे आज (पाैष ५ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ८.४ प्रतिशत बोनस शेयर र ३.६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

त्यसैगरी, फाइनान्सले पुस २९ गते, बुधबार फाइनान्सकाे २६औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा हाेटल क्राउन इम्पेरियल, रविभवन काठमाडाैँमा हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पाैष १७ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लाेज गर्नेछ । त्यसैले पाैष १६ गतेसम्म नेप्सेमा कायम भइ काराेबार भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fdefa41dd2c3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।