लगानी खबर, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेका छन् । प्रधानमन्त्री ओलीले आज आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक रुपमा बसेको बैठकमा उक्त सिफारिस गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसामु राखिएको सो सिफारिस अब राष्ट्रपति कार्यालय लगिन लागिएको हो ।
यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।