Like us!
Follow us!

हकप्रद ल्याउन नागरिक लगानी कोषले तोक्यो बुक क्लोज मिति

हकप्रद ल्याउन नागरिक लगानी कोषले तोक्यो बुक क्लोज मिति

लगानी खबर, काठमाडौं – नागरिक लगानी कोषले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ ।

कोषले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनका लागि पाैष १४ गते, मंगलबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले, पाैष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

काेषले १:०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्कासन गर्न भाद्र २२ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाेमा बोर्डबाट पाैष २ गते, बिहीबार अनुमति पाएको छ ।  

कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

कोषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fdee9439e71c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।