लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे संस्थापक समूहकाे शेयर आज (पाैष ५ गते, आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख १४ हजार ३ सय ६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।
कुनकाे मूल्य कति ?
नागरिक लगानी काेष = २ हजार ७ सय ४०
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = ५ सय २०
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले आज (पाैष ५ गते, आइतबार) बाट पुस १० गते शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।