लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।
संस्थाकाे २० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५५० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
संस्थाकाे मंसिर १९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा पुस १४ गते मंगलबार, हाेटल क्लासिक, सिमरा, बारामा बिहान १०:३० बजेबाट सुरू हुनेछ । संस्थाले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन र प्रस्तावित लाभांश पारित गर्नका लागि साधारण सभा आह्वान गरेकाे हाे ।
सभामा संस्थाकाे भाद्र ५ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।