Like us!
Follow us!

युनाईटेड इदीको कारोबार आजदेखि खुल्ने, ओपन रेञ्ज कति ?

युनाईटेड इदीको कारोबार आजदेखि खुल्ने, ओपन रेञ्ज कति ?

लगानी खबर, काठमाडौं –  धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (पाैष ५ गते, आइतबार) बाट युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडकाे काराेबार खुल्ला हुने भएकाे छ । कम्पनीले पाैष ३ गते, शुक्रबार नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।

शुक्रबार कम्पनीकाे ४२ लाख कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ९८ रूपैयाँ ७९ पैसादेखि अधिकतम २९६ रूपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका UMRH संकेत प्रदान गरिएको छ । 

5fdc47429edf0.jpg

5fdc476d8a346.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।