Like us!
Follow us!

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

लगानी खबर, काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । पौडेलले हिजाे (शुक्रबार) अर्थ मन्त्रालयमा आयोजित बैठकमा ब्रोकर कमिसन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान बोर्डलाई निर्देशन दिएका हुन् । 

ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगरी प्रो एक्टिभ भएर लाग्न उनले आग्रह गरेका छन् । पौडेलले पुँजी बजार बढ्न र विस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समय तालिका तयार बनाएर कार्यान्वयन गर्न समेत सरोकारवाला निकायहरुलाई निर्देशन दिएका हुन् ।

पुँजी बजार विकासका लागि चालु आर्थिक वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि अर्थमन्त्रीले निर्देशन दिएका छन् । पुँजी बजारको समग्र विकासका लागि ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि उनले निर्देशन दिएका छन् ।

उक्त बैठकमा शिशिरकुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य सहभागी थिए ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।