Like us!
Follow us!

एशियन लाइफको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

एशियन लाइफको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौँ - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (पाैष ४ गते, शनिबार) हुँदैछ ।

कम्पनीकाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा होटेल पुजन बीरगञ्जमा बिहान १० बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७४/७५ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कुनै पनि लाभांश वितरणको प्रस्ताव भने गरेको छैन ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनकाे निमित्त मंसिर १९ गतेदेखि पुष ३ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे छ। त्यसैले, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।