Like us!
Follow us!

१००% लाभांश पारित गर्न हिमालयन डिष्टिलरीले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

१००% लाभांश पारित गर्न हिमालयन डिष्टिलरीले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं –  हिमालयन डिष्टिलरी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे बीसाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, कम्पनीकाे केन्द्रिय कार्यालय, पर्सामा हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५० प्रतिशत बोनस शेयर र कर सहित ५० प्रतिशत नगद गरि कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १७ गते एक दिन कम्पनीकाे बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fdc6534b3648.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।