Like us!
Follow us!

प्रभु क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

प्रभु क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ - प्रभु क्यापिटल लिमिटेडले १२औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे मंसिर २६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे १२औँ वार्षिक साधारण सभा पाैष २४ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fdc5dec11af4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।