लगानी खबर, काठमाडौँ - आरएमडिसी लघुवित्तले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ । संस्थाले ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ९ सय ५३ रूपैयाँ ३६ पैसामा बिक्री गर्ने भएकाे हाे ।
लिलामीको शेयरमा पहिलो प्राथमिकता हाल रहेका संस्थापक शेयरधनीलाई र त्यसपछि मात्र अन्य व्यक्ति, संस्थालाई दिइने संस्थाले जानकारी दिएकाे छ । उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले पुष ८ गतेभित्र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।
त्यसैगरी, आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।