Like us!
Follow us!

लघुवित्तलाई राष्ट्र बैंकले दियो यस्तो निर्देशन

लघुवित्तलाई राष्ट्र बैंकले दियो यस्तो निर्देशन

नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित ऋणिलाई समय थप दिन लघुवित्त वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ।

कोभिड १९ प्रभावित सघनता र  ऋणीको लिखित अनुरोध आएम कर्जा भुक्तान गर्ने क्षमताको विश्लेषण गरि ६ महिना समय थप गर्न निर्देश दिएको हो। 

लघुवित्तका ऋणीले कोभिड १९ ले लामो समयसम्म ठप्प रहेको अवस्थाका कारण आम्दानी नभएको भन्दै सहुलियता दिन सरोकार वाला सँग माग राख्दै आएका थिए। 

२०७७ चैत्र मसान्तसम्ममा समान किस्तामा असुलउपर गर्ने व्यवस्ता रहेकोमा साँवा व्याजको भुक्तानी अवधीको समाप्तीपछिको ६ महिना सम्ममा समान किस्तामा असुल उपर गर्न सकिने छ। 

यसलाई मध्यनजर गर्दै ऋणीलाई समय थप गरिएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लामाले बताए। ‘ऋणी थप अफ्ट्यारोमा परेको समयमा समय थप गर्नु अत्यावश्यक थियो’उनले भने। 

सेन्टर फर माइक्रोफाइनस नेपाल (सीएमएफ) ले गरेको अध्ययनमा कोभिड( १९ को महामारीका कारण लघुवित्तबाट ऋण लिएका ६८ प्रतिशत ऋणी ऋण तिर्न नसकिने देखिएको थियो।

यता कोभिडका कारण खराब हुने लघुवित्त वित्तीय संस्थाका कर्जामा ३५ प्रतिशत वृद्धी रहेको छ। २०७७ चैत्रसम्ममा लघुवित्त संस्थाका ३३ अर्ब २९ करोड खराब कर्जा रहेकोमा अुसारसम्ममा कर्जा बढेर ४५ अर्व ४ करोड रुपयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। 

चैतसम्ममा ५ लाख ९४ हजार ऋणीले कर्जा चुत्ता गर्न नसकि भाका नाघेका थिए। तीन महिनाको अवधीमा करिव दोब्बर हुन आइ तिर्न नसक्नेको संख्या ९ लाख ८१ हजार पुगेको छ। 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।