लगानी खबर, काठमाडौँ - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे शेयरमा परेका बाेलपत्रहरू आज (पाैष ३ गते, शुक्रबार) खाेलिने भएकाे छ । उक्त बाेलपत्रहरू अहिले बिहान १० बजे निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडाैँमा खाेलिने कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।
कम्पनीले कोषको संस्थापक समूहकाे ५० हजार कित्ता शेयरहरू मंसिर २५ गते, बिहीबारबाट पुस २ गतेसम्म बाेलकबाेल प्रकृयाबाट बिक्री गरेकाे थियाे ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।