Like us!
Follow us!

यसकारण २ दिन उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

यसकारण २ दिन उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

लगानी खबर, काठमाडौँ - आज (शुक्रबार) र भाेलि (शनिबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।  

काठमाडौंको बालाजु सबस्टेसनको ११ के.भी. ब्रेकर जडान गर्नुपर्ने भएकोले उक्त सबस्टशेनबाट वितरित बालाजु ‌औधोगिक क्षेत्र १, बालाजु ‌औधोगिक क्षेत्र २, ढुंगेधारा, महाराजगंज २, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे हाे । यसकारण शुक्रबार बिहान ७ देखि १० बजेसम्म र शनिबार दिउँसो १२ देखि ३ बजेसम्म उक्त स्थान हरूमा बत्ती जानेछ ।

त्यसैगरी, विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति माफी माग्दै काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।