लगानी खबर, काठमाडौँ - फर्स्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश जम्मा गरेकाे छ ।
संस्थाकाे मंसिर १८ गते सम्पन्न भएकाे ११औं वार्षिक साधारण सभाले पारित गरेकाे ४.१८४२ प्रतिशत नगद लाभांश बुकक्लाेज हुँदासम्म अर्थात् मंसिर ५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा मंसिर २३ गतेदेखि नै जम्मा गरिएकाे संस्थाले जनाएकाे छ ।
त्यसैगरी, संस्थाले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।