Like us!
Follow us!

एक अर्ब १९ करोडको कोरोना बीमा दावी भुक्तानी (विवरणसहित)

एक अर्ब १९ करोडको कोरोना बीमा दावी भुक्तानी (विवरणसहित)

लगानी खबर, काठमाडौँ - बीमा समितिले पाैष १ गते बिहीबारसम्मको कोरोना बीमाको तथ्याङ्क सार्वजनिक गरेकाे छ । उक्त तथ्याङ्क अनुसार हालसम्म १२ हजार १ सय ९३ जनाले एक अर्ब १९ करोड सात लाख रुपैयाँ बराबरकाे दावी भुक्तानी गरेका छन् ।

यसैगरी, ५० जनाको कोरोना बीमा दावी दोहोरो परेका कारण दावी नदिने निर्णय गरिएकाे छ । पाैष १ गतेसम्ममा २ हजार १ सय ११ जनाको दावी प्रक्रियामा रहेको, २ हजार ५ सय ५४ जनाको बीमा दावी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, एक हजार ११ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको र एक हजार ५७१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको उक्त विवरणमा उल्लेख गरिएकाे छ ।

बीमा समितिले सार्वजनिक गरेकाे तथ्याङ्क यस प्रकारकाे छ :

No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।