लगानी खबर, काठमाडौँ - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे आज अन्तिम दिन पनि लगानीकर्ताको उस्तै ओइरो लागेकाे छ ।
अन्तिम दिन बेलुका ४ः३० बजेसम्ममा १० लाख ४४ हजार ५ सय २५ जना आवेदकले २ अर्ब ७७ करोड ९४ लाख ७३ हजार रुपैयाँ बराबरको २ करोड ७७ लाख ९४ हजार ७ सय ३० कित्ताको लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ५.१५ गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थाेरै तलमाथि हुन सक्नेछ ।
कम्पनीले मंसिर २९ गते, साेमबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।