Like us!
Follow us!

ऋणपत्र निष्कासन गर्न कृषि विकास बैंक बोर्डको ढोकामा

ऋणपत्र निष्कासन गर्न कृषि विकास बैंक बोर्डको ढोकामा

लगानी खबर, काठमाडौँ -  कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । बैंकले मंसिर २९ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

बैंकले ७ वर्ष अवधिको लागि ६ अर्ब रुपैयाँ बराबरको ‘७ वर्ष, ४ प्रतिशत कृषि ऋणपत्र’ नाम गरेकाे ६० लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि २४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३६ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

5fdb3adc5258d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।