Like us!
Follow us!

आरएमडीसी लघुवित्तले आजबाट लाभांश पठाउने, तपाईंकाे खातामा आएन भने के गर्ने ?

आरएमडीसी लघुवित्तले आजबाट लाभांश पठाउने, तपाईंकाे खातामा आएन भने के गर्ने ?

लगानी खबर, काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पाैष २ गते, बिहीबार) बाट आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम लाभांश पठाउने भएकाे छ ।

संस्थाको मंसिर २२ गते सम्पन्न भएकाे २२औं वार्षिक साधारण सभाले पारित गरेकाे ५ प्रतिशत नगद लाभांश बुकक्लाेज हुँदासम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा आजदेखि नै जम्मा गरिने संस्थाले जनाएकाे छ । संस्थाकाे मंसिर २२ गते सम्पन्न भएकाे २२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बाेनस शेयर र ५ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । त्यसमध्ये संस्थाले सर्वप्रथम नगद लाभांश खातामा पठाउन सुरू गरेकाे हाे । 

त्यसैगरी, संस्थाले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fdb19fc6f7c5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।