Like us!
Follow us!

लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

बैंककाे मंसिर ३० गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे ३४औं वार्षिक साधारण सभा पाैष २४ गते, शुक्रबार, एभरेष्ट हाेटेल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसाे १२:१५ बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे कार्तिक १३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनश शेयर र ४.८४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ९ गतेदेखि पाैष २४ गतेसम्म बैंककाे बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fdb0f867eac1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।