Like us!
Follow us!

युनाइटेड मोदी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

युनाइटेड मोदी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौँ - युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पाैष २ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस ५ गतेदेखि पुस ९ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पाैष २ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको मंसिर २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  कर सहित ५.२६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीकाे पुस २२ गते बुधबार हुन लागेकाे वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।